‘कल्ली’को टिजरमा लोभ र दानवका कुरा

फिल्म फागुन १ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

पुस १३, २०८२

कान्तिपुर संवाददाता

Talks of greed and demons in the teaser of 'Kalli'

काठमाडौँ — फिल्म ‘कल्ली’ को टिजर सार्वजनिक भएको छ । फागुन १ गतेदेखि प्रदर्शनमा आउने फिल्मको ट्रेलरमा लोभ, लालचदेखि दानवसम्मका विषय अटाइएको छ ।

फिल्मको ट्रेलरमा अभिनेता सौगात मल्ल, बेनिशा हमालदेखि सुलक्षण भारतीलगायत देखिन्छन् । 

महेश दवाडीले लेखेको फिल्मको कथामा सुनार समुदायको कथा समावेश गरिएको छ । किरण नेपालीको निर्माणमा तयार यो फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । फिल्ममा सौगात, बेनिशा र सुलक्षणसँगै उत्तम प्रधान, अर्पण थापा, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुलबहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगरलगायतका कलाकारको अभिनय छ ।  

निसाल पौडेलले खिचेको यो फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । फिल्ममा आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत, एनबी महर्जनको एक्सन छ ।

कान्तिपुर

Link copied successfully