फिल्म ‘परिवर्तन’ माघ ९ देखि प्रदर्शनमा आउँदैछ ।
काठमाडौँ — माघ ९ देखि प्रदर्शनमा आउने फिल्म ‘परिवर्तन’को नयाँ गीत बजारमा आएको छ । प्रदर्शन नजिकिँदै जाँदा निर्माण पक्षले फिल्ममा समावेश ‘पाकेको चिउरी’बोलको गीत सार्वजनिक गरेको हो ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार कलाकार सुशील श्रेष्ठ र अञ्जना बराईली देखिन्छन् । विजय केरुङ निर्देशित यो फिल्मको यो गीतमा रामजी लामिछानेको कोरियोग्राफी, मौसम अर्यालको रचना, एसडी योगी र रेश्मा पुनको आवाज छ । गीतको संगीत योगी आफैंले तयार पारेका हुन् ।
दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा सुशील र अञ्जनासँगै कलाकारहरु सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेको अभिनय छ । एक्सन विधामा आधारित यो फिल्ममा दीपक सिवाकोटीको कथा शिवम् अधिकारीको पटकथा तथा संवाद छ ।
फिल्ममा बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी,एसडी योगीको संगीत श्री श्रेष्ठको द्वन्द्व छ ।
