‘भट्टी टेल्स’मा भट्टी जानेहरुका कथा

पुस १६ देखि मञ्चन हुने नाटक माघ ३ सम्म चल्नेछ ।

पुस ११, २०८२

कान्तिपुर संवाददाता

Bhatti Tales is the story of people going to Bhatti

काठमाडौँ — जेम्स ढकालको लेखन तथा निर्देशनमा नाटक 'भट्टी टेल्स' शीर्षकको नाटक मञ्चन हुने भएको छ । पुस १६ देखि साधना घरमा यो नाटक मञ्चन हुने भएको हो । 

निर्देशक ढकालका अनुसार 'भट्टी टेल्स'ले भट्टीमा जाने १३ पात्रमार्फत बेवास्ता गरिएका त्यस्ता चरित्रहरुको कथा समेटेको छ । नाटकमा १३ पात्र देखिए पनि कथामा २ चरित्रको कथा केन्द्रमा रहेको ढकालले जनाए । 

'भट्टीमा जाने पात्रहरु अक्सर बेवास्ता गरिएका हुन्छन्, भट्टी टेल्स तिनै बेवास्ता गरिएका पात्रहरुको कथा हो,' उनले भने । यो नाटकमा कलाकारहरु सुदाम सिके, बेदना राई, रूपेश लामा, ऋषिकेश बस्याल, तुफान थापा, प्रकृति कार्की, माइकल महत, शुभम् गणेश, सुब्रतराज सिलवाल, गुड्डु, प्रान्जल पान्डे, सुदीप एटी, थार्चेन लामाको मुख्य अभिनय छ ।

अस्कर कलेजका १४ औं ब्याचका विद्यार्थी ढकालले यसअघि 'ढाकर' शीर्षकको नाटक निर्देशन गरेका थिए । 'प्ले द सिस्टम', 'गिल्टी अर नट गिल्टी'लगायत नाटकमा उनले अभिनय पनि गरेका थिए । 

कमेडी विधाको यो नाटक माघ ३ सम्म मञ्चन हुनेछ । 

कान्तिपुर संवाददाता

Link copied successfully