फिल्म ‘धुरन्धर’को कमाइ ६ सय करोडमाथि

रणवीर सिंहसहित चर्चित कलाकारले अभिनय गरेको ‘धुरन्धर’ले २० दिनको छोटो अवधिमा भारतीय बजारमै ६०७ करोड भारु कमाउँदै सिक्वेलको तयारी थालिसकेको छ।

पुस १०, २०८२

कान्तिपुर संवाददाता

The film 'Dhurandhar' has grossed over Rs 600 crore.

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंह अभिनित फिल्म 'धुरन्धर' ले भारतीय बक्स अफिसमा  ६ सय करोड भारु माथिको व्यापार गरिसकेको छ । 

गतः डिसेम्बर ५ मा प्रदर्शनमा आएको यो स्पाई थ्रिलर फिल्मले प्रदर्शनको २०औँ दिनसम्म आइपुग्दा भारतीय बजारबाट मात्रै ६ सय ७ करोड भारु भन्दा बढीको कलेक्सन गरेको हो । 

पछिल्लो रिपोर्ट अनुसार फिल्मले प्रदर्शनको पहिलो हप्ता २०७.२५ करोड र दोस्रो हप्ता २५३.२५ करोडको व्यापार गरेको थियो । तेस्रो हप्तामा पनि फिल्मको रफ्तार कम छैन । 

आदित्य धरको लेखन तथा निर्देशनमा तयार भएको यो एक्सन थ्रिलरमा रणवीर सिंहका साथै अक्षय खन्ना, अर्जुन रामपाल, सञ्जय दत्त र आर. माधवन जस्ता दिग्गज कलाकारहरू मुख्य भूमिकामा छन् । 

भारतभर करिब ५ हजार स्क्रिनमा रिलिज भएको फिल्मको 'क्रेज' सामाजिक सञ्जालमा समेत निकै देखिन्छ । निर्माण पक्षले यसको सिक्वेलको समेत घोषणा गरिसकेको छ ।

प्राप्त जानकारी अनुसार 'धुरन्धर' को सिक्वेल सन् २०२६ को मार्च १९ मा प्रदर्शनमा आउनेछ ।

कान्तिपुर

Link copied successfully