‘गोबर गणेश’को शीर्ष गीत बजारमा

फिल्म माघ १ देखि प्रदर्शनमा आउँदैछ ।

पुस ९, २०८२

कान्तिपुर संवाददाता

Top song of 'Gobar Ganesh' in the market

काठमाडौँ — फिल्म ‘गोबर गणेश’को शीर्ष गीत बजारमा आएको छ । फिल्मको ‘गोबर गणेश’बोलको गीतमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को स्वर, बाबुल गिरीको शब्द र संगीत छ । 

गम्भीर विष्टको कोरियोग्राफीमा तयार गीतको भिडियोमा मरिचमानसहित वर्षा शिवाकोटी र निर्मल शर्मा देखिएका छन् । माघ देखि प्रदर्शनमा आउने यो फिल्ममा मरिचले नै निर्देशन गरेका हुन् । 

बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्मित यो फिल्ममा मरिच र वर्षासँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायतको अभिनय छ । 

कान्तिपुर संवाददाता

Link copied successfully