‘जिरो डिग्री’मा विजयसँगै देखिँदैछन् ‘एक्टर: टेक वन’का निर्देशक 

विजयसँगै यो फिल्ममा ‘एक्टर : टेक वान’का निर्देशक राजन भुसालले पनि स्क्रिन सेयर गर्दैछन् ।

पुस ९, २०८२

कान्तिपुर संवाददाता

The director of 'Actor: Take One' will be seen alongside Vijay in 'Zero Degrees'

काठमाडौँ — अभिनेता विजय बराल फिल्म छायाँकनमा जाने तयारीमा रहेको फिल्म ‘जिरो डिग्री’मा मुख्य भूमिकामा छन् ।

विजयसँगै यो फिल्ममा ‘एक्टर : टेक वान’का निर्देशक राजन भुसालले पनि स्क्रिन सेयर गर्दैछन् । ‘जिरो डिग्री’लाई सजन काफ्ले र आकास बरालले संयुक्त रूपमा निर्देशन गर्दैछन् । 

मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको 'जिरो डिग्री'को पटकथा तथा संवाद निर्देशकद्वय काफ्ले र बरालले तयार पारेका छन् ।

निर्माण टिमका अनुसार फिल्मले सडक नपुगेको एक दुर्गम गाउँको कथा भन्छ ।

निर्देशकद्वयका अनुसार फिल्मले ‘डार्क कमेडी’ शैलीमा समाजका कठोर यथार्थ सतहमा ल्याउँछ ।

फिल्म आगामी वर्ष प्रदर्शनमा ल्याउने तयारी गरिएको निर्माण टिमले जनाएको छ ।  

कान्तिपुर

Link copied successfully