आशिष गुरुङको कोरियोग्राफी, विजय लामाको सिनिमेटोग्राफी र पदम सुवेदीको सम्पादनमा तयार भएको भिडियोमा जुना, दीपशिखा र सुस्मिता गुरुङले पनि अभिनय गरेका छन्।
काठमाडौँ — नवराज थापामगर र सुनिता थेगिमको स्वरमा 'फुल दिए' सार्वजनिक भएको छ । सबिता गुरुको शब्द तथा युनिक थापा मगरको संगीतमा यो गीत युट्युब च्यानल 'ओमचित्र इन्टरटेन्टमेन्ट'मा सार्वजनिक भएको हो ।
गीतको भिडियोमा ओम गुरुङ, जुना गुरुङ, दीपशिखा गुरुङ, सुस्मिता गुरुङलगायतको अभिनय छ ।
दीप गुरुङको निर्देशनमा तयार भएको गीतको भिडियोमा आशिष गुरुङको कोरियोग्राफी, विजय लामाको सिनिमाटोग्राफी छ । यो गीतको भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन् ।
