‘मिरमिरे’ माघ १ देखि प्रदर्शनमा आउँदैछ ।
काठमाडौँ — फिल्म ‘मिरमिरे’को शीर्ष गीत सार्वजनिक भएको छ । गायक प्रकाश सपूत र मेलिना राईको स्वरमा फिल्मको 'मिरमिरे भो’बोलको गीत सार्वजनिक भएको हो ।
गीतमा प्रकाशको शब्द तथा संगीत छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु देखिएका छन् ।
यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको यो फिल्म माघ १ देखि प्रदर्शनमा आउँदैछ । बुवा र छोरीको सम्बन्धमा आधारित रहेको यो फिल्म यार्सा फिल्म्सको प्रस्तुति हो ।
फिल्ममा दया, प्रकाश र सिर्जनासँगै माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय छ ।
