‘पेड्डी’को छायाँकनमा व्यस्त छन् रामचरन

‘पेड्डी’मा रामचरण, जान्हवी कपूरलगायतका कलाकारको अभिनय रहने फिल्म आगामी २७ मार्च २०२६ मा सिनेमाघरमा प्रदर्शन हुने तयारी भइरहेको छ।

पुस ७, २०८२

कान्तिपुर संवाददाता

Ram Charan is busy shooting for 'Peddy'

काठमाडौँ — दक्षिण भारतीय फिल्मका ‘सुपरस्टार’ राम चरणको आगामी फिल्म ‘पेड्डी‘ को यतिबेला छायाँकन भइरहेको छ ।

छायाँकन सेटबाट रामचरणका तस्बीरहरू सार्वजनिक भइरहेका छन् । यो फिल्मको पहिलो गीत रिलिज भइसकेको छ ।

गीत ‘चिकिरी चिकिरी’ मात्र चर्चित भएन, रामचरनको नृत्य पनि सामाजिक सञ्जालहरूमा भाइरल भयो । गीतले मात्र २४ घण्टाभित्र ४६ मिलियनभन्दा बढी भ्युज पाएको थियो ।

छायाँकन सेटबाट बाहिरिएका तस्बिरहरूमा कडाकेको चिसोमा राम चरण दिल्लीको राष्ट्रपति भवन आसपासका सडकमा हिँडिरहेको अवस्थामा देखिन्छन् । उनको लुक निकै रफ र फरक देखिएको छ । यसपटक राम चरण नयाँ अवतारमा देखिने अनुमान दर्शकहरूमा छ ।

Ram Charan is busy shooting for 'Peddy'

राम चरण, जान्हवी कपूर, जगपति बाबु, शिवा राजकुमार र दिव्येन्दु शर्माजस्ता कलाकारहरूको अभिनय रहने ‘पेड्डी’ को निर्देशन बुच्ची बाबु सानाले गरिरहेका छन् ।

फिल्मलाई मिथ्री मूवी मेकर्स र सुकुमार राइटिङ्सले वृद्धी सिनेमा ब्यानर अन्तर्गत प्रस्तुत गरिरहेका छन् ।

‘पेड्डी’ आगामी २७ मार्च २०२६ मा सिनेमाघरहरूमा रिलिज हुने तयारीमा छ ।

कान्तिपुर

Link copied successfully