यो वर्ष अभिनयबाट तारिफ बटुल्ने बलिउड कलाकारहरू

आमिर खानदेखि विक्की कौशल, रणवीर सिंहदेखि अजय देवगनसम्मका नयाँ फिल्ममा प्रस्तुत अभिनयले दर्शक र समीक्षकबाट उच्च प्रशंसा पाएका छन्।

पुस ७, २०८२

कान्तिपुर संवाददाता

Bollywood actors who garnered praise for their acting this year

What you should know

काठमाडौँ — सन् २०२५मा बलिउडमा केही फिल्महरूले दर्शकको मनमा गहिरो छाप छाडे । त्यसरी छाप छाड्ने अभिनेता मध्येमा एक हुन् आमिर खान ।

आमिरले ‘सितारे जमिन पर’ मार्फत् संवेदनशीलता, सहानुभूति र मानवीय सम्बन्धको कथा प्रस्तुत गरे ।

आमिरको प्रभावशाली अभिनयले निकै तारिफ बटुल्यो । रणवीर सिंहले ‘धुरन्धर’ मा धमाकेदार प्रदर्शन दिए ।

फिल्ममा उनको ऊर्जासहितको अभिनयलाई दर्शकले रुचाए । फिल्म ‘छावा’ मा विक्की कौशलले सम्भाजी महाराजको भूमिका निर्वाह गरे ।

विक्कीको करिअरमै यो अभिनय शक्तिशाली मध्येको एक थियो । लामो समयपछि निर्देशनमा फर्किएका मोहित सूरीको ‘सैयारा’ ले नयाँ पुस्ताको प्रेमकथा प्रस्तुत गर्यो ।

यस फिल्ममा अहान पाण्डेको अभिनय पनि दर्शकले धेरै रुचाए । अजय देवगन ‘रेड २’ मा आयकर अधिकारी अमय पटनायकका रूपमा पुनः देखिए ।

जोन अब्राहम ‘डिप्लोम्याट र तेहरान’ मा गम्भीर र परिपक्व अभिनयका साथ देखिए । आयुष्मान खुरानाले ‘थाम्मा’ मा आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्कँदै प्रभावशाली भूमिका निभाए ।

अक्षय कुमारले ‘केसरी २’ र ‘जोली एलएलबी ३’ मा जबर्जस्त प्रदर्शन गरे । ‘धडक २’ मा सिद्धान्त चतुर्वेदीको अभिनय परिपक्व र सशक्त देखियो ।

आदर्श गौरवको सुपरबोइज अफ ‘मालेगाउँ’ साना सहरका युवाहरूका ठूला सपनाको कथा हो । उनको प्राकृतिक र यथार्थ अभिनय फिल्मलाई थप सुन्दर बनाएको छ ।

त्यसैगरी, ‘होमबाउन्ड’, विस्थापन र भावनात्मक जराको खोजीको कथा हो, जसमा ईशान खट्टरको अभिनयले फिल्मलाई थप मजबुत बनायो ।  

कान्तिपुर संवाददाता

Link copied successfully