५१ औं दिन मनाउँदासम्म 'परान'ले कमायो १८ करोड

नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी लगायत कलाकारले अभिनय गरेको फिल्म सफल भएपछि टिमले आश्रममा कपडा वितरण गर्दै खुसी साटासाट गरेका छन्।

पुस ६, २०८२

कान्तिपुर संवाददाता

'Paraan' earns Rs 18 crore by the time it celebrates its 51st day

काठमाडौँ — फिल्म 'परान'ले प्रदर्शनको ५१ औं दिन पूरा गरेको छ । अहिलेसम्म फिल्मले १८ करोड कमाएको फिल्मका निर्माता रञ्जित आचार्यले जनाए । 

फिल्मको  यस किसिमको सफलता मनाउन निर्माण टोली बुढानिलकण्ठस्थित पवित्र समाजसेवा नेपाल आश्रममा पुगे । त्यहाँका ६५ अनाथ तथा वृद्धवृद्धाका लागि उनीहरुले त्यहाँ कपडा वितरण गरे । 

दीपक प्रसाद आचार्य निर्देशित यो फिल्म अझै ३० पर्दामा देखाइँदैछन् । फिल्ममा कलाकारहरु नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविण खतिवडा, बुद्धि तामाङ लगायतको अभिनय छ । यो फिल्म बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको हो । 

कान्तिपुर संवाददाता

Link copied successfully