निर्माता तथा आइसफल प्रडक्सनका प्रमुख रामकृष्ण पोखरेलले फिचर फिल्मसँगै सिरिज र सर्ट फिल्मका लागि पनि कलाकार चाहिएको बताए ।
काठमाडौँ — फिल्म निर्माण कम्पनी आइसफल प्रोडक्सनले नयाँ फिल्मका लागि कलाकार आवश्यकताको सूचना जारी गरेको छ ।
‘ऐना झ्यालको पुतली’, ‘हल्कारा’, ‘रेडसुटकेश’ जस्ता फिल्म निर्माण गरेको प्रडक्सनले नयाँ फिल्म निर्माणको तयारी गरिरहेको छ ।
निर्माता तथा आइसफल प्रडक्सनका प्रमुख रामकृष्ण पोखरेलले फिचर फिल्मसँगै सिरिज र सर्ट फिल्मका लागि पनि कलाकार चाहिएको बताए ।
‘आइसफल प्रडक्सनले २०२६ मा फिचर फिल्मसँगै सिरिज र सर्ट फिल्म निर्माणलाई पनि गति दिने योजना बनाएको छ । यसैका लागि हामीले अडिसन कल गरेका हौँ,’ पोखरेलले भने, ‘अडिसनबाट आएका प्रतिभालाई दुवै पक्षको समझदारीअनुसार काम गराउने योजना छ ।’
विदेशीका फिचर फिल्म, डकुमेन्ट्री र विज्ञापनका लागि लाइन प्रोड्युसरको काम गर्दै आएको आइसफल प्रडक्सनले निर्माण गरेका चलचित्रहरु विश्वका प्रतिष्ठित फेस्टिभलमा छनौट एवं पुरस्कृत भएका छन् ।
अडिसन कलमा आइसफलले मुख्य भूमिकादेखि सहायक भूमिकासम्मका लागि कलाकारको अडिसन लिइने जनाएको छ ।
यसका लागि जुनसुकै लिङ्ग,उमेर र जात समूहका कलाकारले पनि आवेदन दिन सक्नेछन् ।
