फिल्मको वर्कशपमा कलाकारहरूले आफ्नो भूमिका र भूमिकाको तयारीबारे गहन छलफल गरेकाले फिल्मको छायांकन माघबाट सुरु हुने र जेठ १५ मा रिलिज हुने तय भएको छ।
काठमाडौँ — 'घरज्वाइँ' निर्देशक अनिल बुढा मगरले बनाउने नयाँ फिल्मको वर्कशप सुरु भएको छ । अनिलले बनाउने फिल्म 'मितज्यू'को शनिबारदेखि वर्कशप सुरु भएको हो ।
फिल्मका कलाकार तेरिया फौजा मगर,पुस्कर गुरुङ,राज थापा,सुवर्ण थापा,अनु थापा,स्मिता लामिछानेलगायत यो वर्कशपमा सहभागित छन् । वर्कशपमा कलाकारले आफ्ना भूमिकामाथि छलफल गरेका छन् । यो फिल्म माघको पहिलो साताबाट छायांकनमा जानेछ ।
फिल्ममा अन्य कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, उत्तम राज पाण्डे,सविन कट्टेल,उमेश सोनाम,पवित्रा खड्का,चाहाना राना मगर,अनुशा राई,खड्क बहादुर पुन मगर(खबपु)लगायको अभिनय रहनेछ । फिल्ममा श्रीकृष्ण बम मल्ल र प्रकाश सपुतको संगीत, शिशिर शिशङखेको सिनिमेटोग्राफी, प्रभात बिष्टको द्वन्द्व निर्देशन रहनेछ ।
फिल्मलाई भने आगामी जेठ १५ मा प्रदर्शनमा ल्याउने तयारी छ ।
