'किंग'को सुटिङ करिब ६ सातापछि मुम्बई फिल्म सिटीमा पुनः सुरु हुँदैछ, जसमा मुख्य एक्सन र जटिल दृश्यहरू छायाँकन गरिनेछ ।
What you should know
काठमाडौँ — बलिउड अभिनेता शाहरुख पछिल्लो समय ‘किंग’ नामक फिल्ममा व्यस्त छन् । ठूलो बजेट भनिएको यस फिल्ममा शाहरुखसँगै बलिउडका थुप्रै चर्चित कलाकार छन् ।
शाहरुखको यो फिल्ममा एक्सन अवतार देख्न पाइनेछ । फिल्मको निर्देशन सिद्धार्थ आनन्दले गरिरहेका छन् ।
केही समययता सुटिङ रोकिएको थियो । अब फेरप ‘किंग’को काम अब पुनः सुरु भएको छ । करिब ६ साताको विश्रामपछि शाहरुख फेरि सेटमा फर्किन लागेका हुन् ।
बलिउड सञ्चारमाध्यमको रिपोर्टअनुसार शाहरुखले २० डिसेम्बरदेखि फिल्मको सुटिङ पुनः थालेका छन्। यस चरणमा मुख्यतः एक्सन तथा प्राविधिक रूपमा जटिल दृश्यहरूको छायांकन गरिनेछ ।
ती दृश्यहरूका लागि अन्तर्राष्ट्रिय स्तरका स्टन्ट निर्देशकसँग समन्वय गरी तयारी गरिएको बताइएको छ । शाहरुखले पनि यस सुटिङ शेड्युलका लागि विशेष तयारी गरेका छन् ।
चलचित्रको यो सेड्युल मुम्बईको गोरेगाउँस्थित फिल्म सिटीमा छायाँकन हुनेछ । यस क्रममा सुहाना खान पनि सुटिङमा सहभागी हुनेछिन् । यो चलचित्रमार्फत् सुहानाले पहिलो पटक बा शाहरुख खानसँग स्क्रिन सेयर गर्नेछिन् ।
‘किंग’ सुहानाको पहिलो सिल्भर स्क्रिन फिल्म हो । यसअघि उनले सन् २०२३ मा जोया अख्तर निर्देशित ‘द आर्चिज’ बाट ओटीटी डेब्यु गरेकी थिइन् ।
‘किंग’ एक मल्टिस्टारर फिल्म हो । शाहरुख र सुहानासँगै अभिषेक बच्चन पनि यसमा देखिनेछन्ज ।उनी भने खलनायकको भूमिकामा रहनेछन् । चलचित्रमा जयदीप अहलावत, रानी मुखर्जी, दीपिका पादुकोण, अनिल कपूर, अरशद वारसी, सौरभ शुक्ला, राघव जुयाल, जैकी श्रॉफ र अभय वर्मा लगायतका कलाकारको पनि अभिनय रहनेछ ।
चलचित्र सन् २०२६ मा प्रदर्शनमा आउने तयारीमा छ । यद्यपि, हालसम्म यसको औपचारिक रिलिज मितिको घोषणा भने गरिएको छैन।
