'डन इन एसिमिलेट स्क्र्याच'को सूचीमा चार नेपाली फिल्म

नेपाली फिल्महरू ‘पिताम्बर’, ‘१२ गाउँ’, ‘आउट ल’ र ‘मोहर’ यो सूचीमा परेका हुन्।

पुस ३, २०८२

कान्तिपुर संवाददाता

Four Nepali films on the list of 'Done in Assimilate Scratch'

काठमाडौँ — रेनिस फागोले रंग संयोजन गरेका चार नेपाली फिल्म 'डन इन एसिमिलेट स्क्र्याच'ले सार्वजनिक गरेको सूचीमा परेका छन्। फिल्मसँग सम्बन्धित पोस्ट प्रोडक्सनदेखि  डिआटीलगायतका थुप्रै काम गरिने यो सफ्टवेयरले सार्वजनिक गरेको सूचीमा ‘पिताम्बर’, ‘१२ गाउँ’, ‘आउट ल’ र ‘मोहर’ परेको हो । 

२ दशकदेखि फिल्म क्षेत्रमा रंग संयोजन गर्दै आइरहेका फागो यो सूचीले आफूलाई हौसला थपेको बताए । 'यसअघि यो सूचीमा कहिल्यै नेपाली फिल्म देखिएको थिएन । अहिले मेरो फिल्म छनोट हुँदा खुशी लागेको छ,'फागो भन्छन्,'कलरिष्टका रुपमा मेरो कलात्मक मूल्य र हाम्रो नेपाली फिल्म उद्योगलाई आधिकारिक रुपमा मान्यता दिएकोमा एसिमिलेट स्क्र्याचलाई धन्यवाद ।' 

यो सूचीमा नेपालीसँगै 'अल क्वाइट अन द वेस्टर्न फ्रन्ट', 'जुडास एण्ड दि ब्ल्याक मसाया', 'ब्याड ब्वोइज'लगायतका फिल्महरु सूचीबद्ध छन् । रेनिशले यही सफ्टवेयरमार्फत सयभन्दा बढी फिल्मको रंग संयोजन गरिसकेका छन् ।

कान्तिपुर

Link copied successfully