'पेन्सन पट्टा'को छायांकन सुरु

फिल्मको कथा लोभ र दानको विषयमाथि आधारित छ ।

पुस ३, २०८२

कान्तिपुर संवाददाता

Filming of 'Pension Patta' begins

काठमाडौँ — फिल्म 'पेन्सन पट्टा'को छायांकन सुरु भएको छ । कलाकार माओत्से गुरुङको निर्देशनमा बन्ने फिल्मको छायांकन कास्की जिल्लाको ताङतिङ गाउँबाट सुरु भएको हो । 

३५ दिनसम्म फिल्मको छायांकन सक्ने योजनासहित टिम लिएर माओत्सेले छायांकन थालेकझ हो । फिल्ममा कलाकारहरु दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राई लगायतको अभिनय रहनेछ । फिल्ममा लोभ र दानको विषय समेटिने छ । 

फिल्मको कथा निर्देशक गुरुङले नै लेखेका हुन् । सुशन प्रजापतिले खिच्ने फिल्ममा झुमा लिम्बु, मनोज थापा मगर र शिव बराइलीको संगीत रहनेछ ।

कान्तिपुर

Link copied successfully