अनुराग सिंह निर्देशित ‘बोर्डर २’ को टिजरमा सनी देओलसहित वरुण धवन, दिलजीत दोसांझ र अहान शेट्टीलाई युद्धका दृश्यमा देख्न सकिन्छ, फिल्म २३ जनवरी २०२६ मा प्रदर्शनमा आउँदैछ।
काठमाडौँ — बलिउड अभिनेता सनी देओल अभिनित फिल्म ‘बोर्डर २’ को टिजर सार्वजनिक भएको छ ।
सनी देओलको संवादबाट सुरु हुने टिजरमा देशभक्तिपूर्ण संवाद र युद्धका दृश्य देख्न सकिन्छ ।
‘तिमी जहाँबाट घुस्ने कोसिस गर, आकाशबाट, जमिनबाट वा समुद्रबाट, अगाडि एउटा भारतीय सैनिक उभिएको पाउनेछौ,” देओलको संवाद सुनिन्छ, ‘जो आँखामा आँखा जुधाएर, छाती फुलाएर भन्छ– हिम्मत छ भने आऊ, यहाँ उभिएको छ हिन्दुस्तान ।’
टिजरमा वरुण धवन, दिलजीत दोसांझ र अहान शेट्टीलाई पनि युद्धमैदानमा देखिन्छ ।
फिल्ममा सनी देओल, वरुण धवन, दिलजीत दोसांझ, अहान शेट्टीसँगै मेधा राणा, मोना सिंह र सोनम बाजवाको पनि प्रमुख भूमिका रहेको छ ।
अनुराग सिंहको निर्देशनमा बनेको ‘बोर्डर २’ को निर्माण भूषण कुमार, जे.पी. दत्ता र निधि दत्ताले गरेका हुन् ।फिल्म २३ जनवरी २०२६ मा प्रदर्शनमा आउने छ ।
