‘झरीपछिको इन्द्रेणी’को सेन्सर पास

फिल्म पुस ४ देखि प्रदर्शनमा आउँदैछ ।

पुस २, २०८२

कान्तिपुर संवाददाता

'The Rainbow After the Rain' passes censors

काठमाडौँ — आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास भएको छ । चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले यो फिल्मलाई युनिभर्सल प्रमाणपत्र प्रदान गरेको हो । अब यो फिल्मलाई हरेक उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन् । 

सेन्सर पास भएसँगै फिल्मको अग्रिम बुकिङ पनि खुला गरिएको निर्माण पक्षले जनाएको छ । मल्टिप्लेक्स हलहरुको ठूलो च्यानल क्युएफएक्सले काठमाडौं र मोफसल गरेर जम्मा २२ शो दिएको छ । आइएनआइ, बिग मुभिज, एफक्युब सिनेमासहित देशभर करिव ५९ सो यो फिल्मले प्राप्त गरेको छ । 

समसामयिक विषयवस्तुमा आधारित यो फिल्ममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको ‘आम नेपाली बुबा’ समावेश गरिएको छ । नागराज इन्टरटेन्मेन्टले निर्माण गरेको फिल्मबाट गणेश उप्रेती लामो समयपछि कमब्याक गर्दैछन् ।

फिल्ममा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ । फिल्मलाई अर्जुन घिमिरेले निर्देशन गरेका हुन् । 

कान्तिपुर

Link copied successfully