दयाको फिल्ममा पत्नी बेनुकाको स्वर

हर्क साउदको शब्द, मनोज थापा मगरको संगीत र बेनुका राईको स्वरमा बनेको ‘मिरमिरे’ फिल्मको गीत चाँडै सार्वजनिक हुने निर्माण पक्षको भनाइ छ ।

पुस १, २०८२

कान्तिपुर संवाददाता

The voice of Daya's wife Benuka in the film

काठमाडौँ — गायिका बेनुका राईले फिल्म 'मिरमिरे'का लागि स्वर दिएकी छन् । फिल्मको 'कथा'बोलको गीत बेनुकाले गाएकी हुन् ।

पति दयाहाङ राईकै फिल्ममा स्वर दिएकै कारण अहिले यो विषय चर्चामा छ । हर्क साउदको शब्द र मनोज थापा मगरको संगीतमा बेनुकाले गाएको यो गीत चाँडै बजारमा ल्याउने तयारी रहेको निर्माण पक्षले जनाएको छ । 

बुवा र छोरीको सम्बन्धमा आधारित 'मिरमिरे'को केही समयअघि मात्रै टिजर सार्वजनिक गरिएको थियो । यार्सा फिल्मसको प्रस्तुति रहेको फिल्ममा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय छ ।

यम शेर्पाको लेखन र निर्देशनमा बनेको फिल्म माघ १ देखि प्रदर्शनमा आउँदैछ । बेनुकाले यसअघि अनमोल गुरुङले गाएको 'साँझ परेपछि'बोलको 'फिमेल भर्सन' गाएकी थिइन् । दर्शकले बेनुकाको आवाजलाई निकै रुचाएका थिए ।

कान्तिपुर

Link copied successfully