थाइल्यान्डको रमणीय दृश्यमा आना र समीर

माघ २३ देखि प्रदर्शनमा आउने फिल्म सुदिप्ताले निर्देशन गरेका हुन् ।

पुस १, २०८२

कान्तिपुर संवाददाता

Ana and Sameer in the beautiful scenery of Thailand

काठमाडौँ — फिल्म 'रमिताको पिरती'को नयाँ गीत सार्वजनिक भएको छ । फिल्मको ‘तिमी भए काफी’ बोलको गीत सार्वजनिक भएको हो । 

गीतको भिडियोमा प्रमुख अभिनेत्री आना शर्मा र गायक समीर श्रेष्ठ देखिन्छन् । थाइल्यान्डमा खिचिएको यो गीतलाई समीर नै गाएका हुन् । यो यही फिल्मबाट गायक समीरले अभिनयमा डेब्यू गर्दैछन् । 

माघ २३ देखि प्रदर्शनमा आउने फिल्म सुदिप्ताले निर्देशन गरेका हुन् । फिल्ममा आना र समीरसँगै धिरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना, थिन्ले ल्हामोलगायतको अभिनय छ । सुदिप्ताले नै फिल्मको कथा लेखेका हुन् । 

शिशिर विशाङ्खेले खिचेको यो फिल्ममा सुनिल सिवाकोटीको सम्पादन, कृतिका बरालको कोरियोग्राफी छ ।

कान्तिपुर

Link copied successfully