‘कभी खुसी कभी गम’को २४औं वर्ष : काजोलले साटिन् खुसी

फिल्म ‘कभी खुसी कभी ग़म’ प्रदर्शनको २४ वर्ष पुगेको अवसरमा अभिनेत्री काजोलले सामाजिक सञ्जालमार्फत् प्रशंसकहरूसँग उत्सव मनाउँदै प्रेरणादायी सन्देश दिएकी छन्।

पुस १, २०८२

कान्तिपुर संवाददाता

24th anniversary of 'Kabhi Khushi Kabhi Gham': Kajol shares her happiness

काठमाडौँ — बलिउड फिल्म ‘कभी खुसी कभी गम’ प्रदर्शनकझ २४ वर्ष पूरा भइसकेको छ ।

सोमबार अभिनेत्री काजोल फिल्म प्रदर्शनको २४ वर्ष पूरा भएको अवसरमा खुसी साट्न पुगिन् ।

यश जोहरद्वारा निर्मित तथा करण जोहरद्वारा निर्देशित यो फिल्म सन् १४ डिसेम्बर २००१ मा प्रदर्शनमा आएको थियो ।

फिल्ममा अमिताभ बच्चन, जया बच्चन, शाहरुख खान, काजोल, ऋतिक रोशन र करीना कपूरले मुख्य भूमिका निर्वाह गरेका थिए ।

फिल्ममा काजोलले अञ्जलीको चरित्र निर्वाह गरेकी थिइन् । काजोलले इन्स्टाग्राम पेजमार्फत् पोस्ट सेयर गर्दै उत्सव मनाइन् । उनले फिल्मसँग सम्बन्धित आफ्नो तस्वीर पनि सेयर गरिन् ।

काजोलले लेखेकी छन्, ‘सबै अञ्जलीहरूलाई भन्न चाहन्छु—आफूमा गर्व गर, खुलेर बाँच। राहुल (चलचित्रको मुख्य पात्र, जसको भूमिका शाहरुख खानले निभाएका थिए) ढिलो हुन सक्छ, किनकि ऊ सायद ट्राफिकमा फसेको होला ।’

काजोलको यो सन्देशलाई उनका प्रशंसकहरूले रुचाएका समेत छन् । 

कान्तिपुर

Link copied successfully