ओटीटीमा बलिउड ‘स्टार’हरूको कमब्याक

सन् २०२५ मा मनोज बाजपेयी, बोबी देओल र सैफ अली खान लगायत कलाकारका वेब सिरिजहरूले ओटीटी प्लेटफर्ममा दर्शकको व्यापक ध्यान तानेका छन्।

मंसिर २८, २०८२

कान्तिपुर संवाददाता

Comeback of Bollywood 'stars' on OTT

काठमाडौँ — सन् २०२५ मा रिलिज भएका बलिउडका धेरैजसो वेब सिरिजहरू चर्चाको केन्द्रमा रहे । त्यसमा पनि बलिउड ‘स्टार’हरूको कमब्याकले थप रोचक बन्यो ।

पछिल्लो समय चर्चा भइरहेको सिरिज हो मनोज बाजपेयी अभिनित ‘द फ्यामिली म्यान–३’ । 

यो सिरिजमार्फत् ओटीटीमा बाजपेयीको पुनरागनम प्रभावशाली देखियो । उनको अभिनयले यसपालि पनि तारिफ बटुल्यो ।

बबी देओलको ‘द ब्याड्स अफ बलिउड’ले पनि राम्रो छाप छाड्यो । देओलको शान्त प्रस्तुति धेरैले रुचाए । नवाजुद्दीन सिद्दीकीले ‘कोस्टाओ’ पनि यो वर्षको उत्कृष्ट ओटीटी प्रोजेक्टभित्रमा लिइन थालियो ।

मोना सिंह पनि ‘द ब्याड्स अफ बलिउड’ मार्फत् २०२५ की प्रभावशाली ओटीटी कलाकारमध्ये परिन् । सैफ अली खानले ‘ज्वेल थिफ: द हाइस्ट बिगिन्स’ मार्फत् ओटीटीमा जबर्जस्त कमब्याक गरे ।

शबाना आजमीले ‘डब्बा कार्टेल’ मार्फत ओटीटीमा बलियो उपस्थिति देखाइन् । 

जयदीप अहलावतले पनि ‘ज्वेल थिफ: द हाइस्ट बिगिन्स’ मार्फत् सबैलाई प्रभावित पारे ।

कान्तिपुर

Link copied successfully