‘एक्लो’को ट्रेलरमा भविष्यको कल्पना

साइन्स–फिक्सन जनराको यो फिल्म पुस १७ देखि प्रदर्शनमा आउँदैछ ।

मंसिर २६, २०८२

कान्तिपुर संवाददाता

The trailer for 'Alone' imagines the future

काठमाडौँ — फिल्म ‘एक्लो’को ट्रेलर सार्वजनिक भएको छ । प्रदीप शाहीको लेखन तथा निर्देशनमा बनेको फिल्मको ट्रेलरमा भविष्य, जीवन संघर्ष समेटिएको छ । 

निर्देशक शाहीले यसअघि 'अन्तिम संस्कार' र 'गोर्खा ब्रिनिथ द ब्रेभरी' निर्देशन गरेका थिए । ‘एक्लो’ भने काभ्रेको पनौती र हिमालपारिको जिल्ला मुस्ताङमा छायांकन गरिएको हो । यो फिल्ममा खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी छाड्ने भविष्यको काल्पनिक कथा समेट्छ । यसअघि यही फिल्ममार्फत निर्माण टोली कान्स फिल्म फेस्टिभलको 'मार्केट' पुगेको थियो । 

साइन्स–फिक्सन विधाको यो फिल्म पुस १७ देखि प्रदर्शनमा आउँदैछ । फिल्ममा  प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायतका कलाकारको अभिनय छ।

बेलायती अभिनेता जेमी बेकनलाई पनि फिल्ममा महत्त्वपूर्ण भूमिका दिइएको छ । 

कान्तिपुर

Link copied successfully