सिरिजलाई बिटी कान्छाले निर्देशन गरेका हुन् ।
काठमाडौँ — 'हरामी' शीर्षकमा तयार वेब सिरिजको नयाँ गीत बजारमा आएको छ । सिरिजकै नाममा तयार 'हरामी'बोलको गीतमा हरी, राहुल र मिलन नामका तीन चरित्र देखिन्छन् ।
सिरिजका मुख्य कलाकारहरु निकुन श्रेष्ठ, ऋषिकेष बस्याल र सशाङ्क बोहरा यी चरित्रका रुपमा यो सिरिजमा देखिएका छन् ।
मन प्रोडक्सनले निर्मित यो सिरिज मित्रतामाथि आधारित हो । यी तीन कलाकारसँगै सिरिजमा आना शर्मा, घनुभाइ जोशी, रक्षा थापा, गौमाया गुरुङ, प्रीतिशा अधिकारीले अभिनय गरेका छन् ।
‘बिटी कान्छा’को उपनामले परिचित विश्वास तिमल्सेनाको लेखन तथा निर्देशन बनेको सिरिजको पहिलो एपिसोड सार्वजनिक भइसकेको छ ।
पहिलो श्रंखला सार्वजनिक गरेपछि नै निर्माणओ पक्षले गीत सार्वजनिक गरेको हो । निर्देशक कान्छाका अनुसार पाँच भागको एपिसोड उनकै नामको युट्युब च्यानलबाट सार्वजनिक हुनेछ ।
