‘मुगलान’मा विदेशिन बाध्य युवाको कथा

यो फिल्म पुस १० देखि प्रदर्शनमा आउँदैछ ।

मंसिर २५, २०८२

कान्तिपुर संवाददाता

The story of a young man forced to emigrate in 'Mughalan'

काठमाडौँ — पुस १० देखि प्रदर्शनमा आउने फिल्म ‘मुगलान’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा राजनीतिक चपेटामा पारेर युवा कसरी विदेशिन बाध्य हुन्छन् भन्ने विषय समेटिएको छ ।

ट्रेलरमा अभिनेता प्रभात पाल, अभिनेत्री स्मारिका ढकाल देखिन्छन्। आशिष ढकालको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा प्रभात र स्मारिकासँगै रामचन्द्र अधिकारी, दिनेश डिसी, सविन बास्तोला, खबपु लगायतको अभिनय छ । 

रिहान प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा किरण भुषालको संगीत छ । 

कान्तिपुर संवाददाता

Link copied successfully