एक हप्ता नपुग्दै ‘धुरन्धर’को कमाइ १६८ करोड

फिल्ममा रहमान डकैतको भूमिका निर्वाह गरेका अक्षय खन्नाको अभिनयलाई दर्शक र कलाकारहरूले खुलेरै प्रशंसा गर्दै सामाजिक सञ्जालमा ट्रेन्ड बनाएका छन्।

मंसिर २५, २०८२

कान्तिपुर संवाददाता

'Dhurandhar' earns Rs 168 crore in less than a week

काठमाडौँ — रणवीर सिंह स्टारर जासूसी थ्रिलर फिल्म ‘धुरन्धर’ले यतिबेला राम्रो व्यापार गरिरहेको छ ।

पाकिस्तानमा आधारित यस एक्सन–प्याक्ड स्पाइ ड्रामामा रणवीर एक भारतीय जासूसको भूमिकामा छन् ।

फिल्मले रिलिजको छैठौँ दिनसम्म १६८. ३२ करोड कमाइ गरेको छ । बुधबारसम्मको रिपोर्टअनुसार छैठौं दिनमा मात्र फिल्मले १५ करोड भन्दा माथिको व्यापार गरेको थियो ।

फिल्ममा रणविरसँगै सञ्जय दत्त, आर. माधवन, अक्षय खन्ना र अर्जुन रामपालजस्ता कलाकारको प्रभावकारी अभिनय छ । फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन् ।

फिल्ममा अक्षय खन्नाले निर्वाह गरेको पाकिस्तानी अपराधी तथा नेता ‘रहमान डकैत’को भूमिका पनि यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

उनका अभिनयको व्यापक प्रशंसा भइरहेको छ । अभिनेत्री अमिषा पटेलले अक्षयसँगको एउटा पुरानो तस्वीर शेयर गर्दै लेखेकी छन्,  ‘तब पनि महान, अहिले त झनै महान ! यी हुन् अक्षय खन्ना, जसलाई म प्रेमपूर्वक ‘अक्शु’ भन्छु । बिलकुल विनम्र, अहंकारबिहीन । सायद उनलाई थाहा पनि छैन कि २०२५मा उनले आफ्नो अभिनयले पूरै देशलाई मोहित बनाइदिएका छन् ।’ 

कान्तिपुर संवाददाता

Link copied successfully