'गोबर गणेश' माघ १ देखि हलमा

फिल्मलाई मरिचमान श्रेष्ठले निर्देशन गरेका हुन् ।

मंसिर २४, २०८२

कान्तिपुर संवाददाता

'Gobar Ganesh' to hit theatres from Magh 1

काठमाडौँ — फिल्म 'गोबर गणेश'को पोस्टर सार्वजनिक भएको छ । माघ १ देखि प्रदर्शनमा आउने फिल्मको पोस्टरमा मुख्य कालकारहरु मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) र वर्षा शिवाकोटी देखिन्छन् । 

पोस्टरमा वर्षा फोहोर बोक्ने साइकलमा चलाइरहेको देखिन्छ भने त्यसैमा बल्छी धुर्वे सवार देखिन्छन् । 

फिल्मलाई बल्छीले नै निर्देशन गरेका हुन् । फिल्ममा बल्छी र वर्षालगायत अन्य कलाकारमा विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पूजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेको अभिनय छ । 

फिल्मको वितरण श्री ब्यांकटेस इन्टरटेनमेन्टले गर्ने जनाइएको छ । अहिले यो फिल्म पोस्ट प्रोडक्सनमा छ । पोस्ट प्रोडक्सन चरणमा फिल्मको सम्पादन, रंग संयोजन, डबिङ लगायतका काम गरिन्छ । अनि मात्रै फिल्म बनेर प्रदर्शनका  लागि तयार हुन्छ । 

कान्तिपुर

Link copied successfully