बेलायतमा ‘मंगोलियन हार्ट’को कन्सर्ट हुँदै

राजु लामासहितको मंगोलियन हार्ट ब्यान्ड बुधबार नेपालबाट प्रस्थान गर्दैछ र १३ डिसेम्बरमा ह्यारो सेन्टर, लन्डनमा मुख्य कन्सर्ट दिने तयारीमा छ।

मंसिर २३, २०८२

कान्तिपुर संवाददाता

'Mongolian Heart' concert taking place in the UK

काठमाडौँ — लोकप्रिय ब्यान्ड ‘मंगोलियन हार्ट’ले बेलायतमा सांगेतिक कन्सर्ट गर्ने भएको छ । ब्यान्डले पहिलोपटक बेलायतमा लाइभ प्रस्तुति दिन लागेको हो ।

ब्यान्ड यो बुधबार कन्सर्टका लागि नेपालबाट प्रस्थान गर्दैछन् । मुख्य कन्सर्ट १३ डिसेम्बरमा ह्यारो सेन्टर, लन्डनमा हुने जनाइएको छ। जीटी बेस इन्टरटेन्मेन्टले आयोजना गर्ने कन्सर्टमा ब्यान्डका चर्चित गीत पस्कनेछन् । ब्यान्डको 'पर्खाइमा', 'बादलपारिको देशबाट', 'गाजलु टीका', 'सुम्निमा', 'म माया लाउँदिनँ', 'तिमीलाई देखेर', 'सायद तिम्रो बाटोमा'लगायतका दर्जनौं गीत चर्चित छन् । 

३३ वर्षअघि सन् १९९२ मा स्थापना भएको 'मंगोलियन हार्ट'ले लोक, स्लो रक, पप मेलोडीलगायत विधा पक्रँदै गीत पस्केका छन् ।

राजु लामासहित ब्यान्डमा सदस्यहरु बबी लामा(रिदम गीतार), सन्तोष थापा मगर(ड्रम), भुपेन्द्र बज्राचार्य(लिड गीतार), पवन कपाली(बेस), विनय महर्जन(बाँसुरी) र बाबुराजा महर्जन(मादल) छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully