फिल्मलाई ६० दिनमा खिच्ने योजना छ ।
काठमाडौँ — फिल्म 'झिँगेदाउ २'को छायांकन सुरु भएको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्ने फिल्मको छायांकन काभ्रेबाट सुरु भएको हो ।
फिल्मलाई ६० दिनमा खिच्ने तयारीसहित निर्माण टोली सोमबारबाट छायांकनमा हिँडेको हो । काभ्रेको पनौतीसँगै भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ र पालुङमा फिल्मलाई खिच्ने योजना रहेको निर्माण टोलीलले जनाएको छ ।
फिल्ममा कलाकारहरु सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुषाल, अभय राज बराल, आशिष पुरुषलगायतको अभिनय रहनेछ ।
फिल्ममा रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मित्र डि गुरुङको सम्पादन रहनेछ । यो फिल्मलाई विष्णु घिमिरे (कल्पित)ले खिच्नेछन् । 'झिंगेदाउ'लाई दर्शकले रुचाएपछि निर्माण टोली फिल्मको सिक्वेल बनाउने तयारीमा जुटेका हुन् ।
