रणवीर, अक्षय खन्ना, सञ्जय दत्तलगायत कलाकारको अभिनय रहेको आदित्य धर निर्देशित फिल्म पाकिस्तान अन्डरवर्ल्डको कथामाथि आधारित छ ।
काठमाडौँ — रणवीर सिंह अभिनित फिल्म ‘धुरन्धर’ ले भारतीय बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
फिल्मले तीन दिनमै १०३ करोड रुपैयाँको व्यापार गरेको छ । तीन दिनमै सय करोडमाथिको व्यापार गर्नुलाई सुखद् संकेत मानिन्छ ।
फिल्ममा रणवीरसँगै अक्षय खन्ना, सञ्जय दत्त, आर. माधवन र अर्जुन रामपाल प्रमुख भूमिकामा छन् ।
आदित्य धरको लेखन, निर्देशन र निर्माण गरेको फिल्म ०५ डिसेम्बर मा रिलिज भएको हो । फिल्मको निर्माण ज्योति देशपाण्डे र लोकेश धरले गरेका हुन् ।
फिल्म पाकिस्तानस्थित अन्डरवर्ल्ड वरिपरि घुम्ने कथामा आधारित छ ।
