‘झरीपछिको इन्द्रेणी’मा जेन–जी आन्दोलनको झल्को

फिल्म जेन–जी आन्दोलनसँग मिल्नु संयोग मात्र रहेको निर्देशक अर्जुन घिमिरेले बताए । उनका अनुसार यो फिल्म जेन–जी आन्दोलन अगाडि नै छायांकन गरिएको हो ।

मंसिर २२, २०८२

कान्तिपुर संवाददाता

Reflections of the Gen-G movement in 'The Rainbow After the Rain'

काठमाडौँ — फिल्म ‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक भएको छ । हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को डेब्यु निर्देशनमा तयार फिल्मको ट्रेलरमा नेपालको जेन–जी आन्दोलनको झल्को भेटिन्छ । 

भ्रष्टाचार र बेथितिविरुद्ध एक युवाले सुरु गरेको आन्दोलनको विषय समेटिएको फिल्म जेन–जी आन्दोलनसँग मिल्नु संयोग मात्र रहेको निर्देशक घिमिरेले बताए । उनका अनुसार यो फिल्म जेन–जी आन्दोलन अगाडि नै छायांकन गरिएको हो । 

नागराज इन्टरटेन्मेन्टले निर्माण गरेको यो फिल्ममा रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ ।

पुस ४ देखि प्रदर्शनमा आउने यो फिल्मको कथा निर्देशक घिमिरे स्वयंले लेखेका हुन् ।

कान्तिपुर

Link copied successfully