आनन्द एल रायको निर्देशनमा बनेको यो फिल्मले भारतमा मात्र आठ दिनमा ८७ करोड ३० लाख कमाउँदै विश्वव्यापी आम्दानी ११२ करोड नाघेको छ।
काठमाडौँ — धनुष र कृति सेनन अभिनित फिल्म ‘तेरे इश्क में’ अहिले विश्वका विभिन्न देशमा प्रदर्शनरत छ ।
८५ करोड रुपैयाँमा बनेको फिल्मले अहिलेसम्म कति कमायो ? फिल्मले भारतमा मात्र ८ दिनमा ८७.३० करोड कमाएको छ ।
फिल्मको आठौँ दिनको कमाइ ३.६५ करोड थियो । फिल्मको विश्वव्यापी कमाइ भने ११२.१५ करोड छ ।
फिल्ममा धनुष शंकरको भूमिकामा छन् भने कृति सेनन मुक्तिको भूमिकामा छिन् । फिल्मलाई आनन्द एल रायले निर्देशन गरेका छन् ।
फिल्मलाई आनन्द एल रायले निर्देशन गरेका छन् । यो फिल्मको कनेक्सन आनन्दले नै निर्देशन गरेको धनुष स्टारर ‘रञ्जना’सँग पनि छ ।
फिल्मका केही महत्वपूर्ण हिस्सामा ‘रञ्जना’का पात्रहरू देखिनेछन् ।
फिल्म नेपालमा पनि प्रदर्शनरत छ ।
