‘ताराहरु’ अब सिनेमाघर एपमा

श्रीमानश्रीमतीको संघर्ष र कलाकार बन्ने चाहना बोकेका युवाको कथा बोकेको ‘ताराहरु’मा साथी, सम्बन्ध र सपनाको गहिरो चित्रण गरिएको छ।

मंसिर २०, २०८२

कान्तिपुर संवाददाता

'Stars' now on the Cinemaghar app

काठमाडौँ — अभिनेता तथा निर्देशक आशान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’ सिनेमाघर एपमा पनि रिलिज भएको छ ।

सिनेमा घरमा रिलिज भएसँगै अब संसारको जुनसुकै स्थानबाट पनि यो फिल्म हेर्न सकिनेछ ।

‘ताराहरु’ सपना साकार गर्न लागिपरेका श्रीमानश्रीमती र कलाकार बन्ने चाहना बोकेका उदाउँदा प्रतिभाहरूको कथा भन्छ ।

साथै कथाले साथी र सम्बन्धको पनि गहिराईलाई पनि केलाउँछ । फिल्ममा आशान्तको मुख्य अभिनय छ ।

साथै मेनुका प्रधान, मिरा खड्का, पुष्कर गुरुङ लगायतका कलाकारहरूको महत्वपूर्ण भूमिका छ । यसअघि गत भदौ ६ गते फिल्म नेपालका हलहरूमा प्रदर्शन भएको थियो ।

फिल्मका निर्देशक शर्मा नेपाली फिल्म क्षेत्रका सक्रिय कलाकार र रंगकर्मीसमेत हुन्।

कान्तिपुर

Link copied successfully