'हाउडेमाया'को 'एक नम्बर हरामी' सार्वजनिक

गायिका सिर्जना खत्री ‘हाउडेमाया’ले ‘एक नम्बर हरामी’ बोलको गीत सार्वजनिक गरेकी छन्।

मंसिर २०, २०८२

कान्तिपुर संवाददाता

'One Number Harami' of 'Howdemaya' is released

काठमाडौँ — गायिका सिर्जना खत्री ‘हाउडेमाया’ले ‘एक नम्बर हरामी’ बोलको गीत सार्वजनिक गरेकी छन्। गायिका खत्रीले शुक्रबार आफ्नै युट्युब च्यानलमा गीत सार्वजनिक गरेकी हुन् ।

फरक शैलीका गीत–संगीतमा रुची राख्ने खत्रीले सार्वजनिक गरेको उक्त गीतमा रोहित साउदको स्वर समेत सुनिन्छ।

खत्रीकै शब्द र संगीत रहेको गीतमा स्वयं खत्रीसहित राजेन्द्र खड्गी, प्रेमा लाम्गाडे, रोहित साउद, पूर्णिमा शाह र विवश ओली फिचरिङ छन्।

'आफ्नो मन' रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको संगीत संयोजन योगेशकाजी शाहले गरेका हुन्।

भिडियो विनोद विष्टले छायांकन गरेका छन्। सम्पादन सौखिन तिमल्सिनाले गरेका हुन्। भिडियोलाई नितिन चन्दले निर्देशन गरेका छन् भने कोरियोग्राफी सीयोन श्रेष्ठले गरेका छन्।

कान्तिपुर संवाददाता

Link copied successfully