निर्देशक मायरको 'हेलवाच' वृत्तचित्र अस्कर इन्टरनेसनल कलेजमा मंसिर २६ गते प्रदर्शनी हुने र अन्तर्क्रिया कार्यक्रम समेत आयोजना गरिने भएको छ।
काठमाडौँ — अष्ट्रियाली वृत्तचित्र निर्दशक क्यारोला मायर काठमाडौं आउने भएकी छन् ।
मंसिर २६ गते शुक्रबार अस्कर इन्टरनेसनल कलेजमा उनको वृत्तचित्र ‘हेलवाच’ प्रदर्शनीका लागि मायर काठमाडौं आउने भएकी हुन् ।
हेलवाच अष्ट्रियाली लेखक, पर्वतारोही तथा भेडीगोठाले बोडो हेलका बारेमा बनेको काव्यिक पोट्रेट वृत्तचित्र हो ।
अष्ट्रियाली सरकारद्वारा छनोट गरिएका 'राष्ट्रका लागि योगदान गरेका' १२ जना साहसी महिलामध्ये मायर एक हुन् ।
वृत्तचित्र प्रदर्शनीपछि निर्देशक मायरसँगको अन्तर्क्रियासमेत गरिने कलेजका शिक्षक नवनिधि दाहालले जानकारी दिए ।
उनले वृत्तचित्रको प्रदर्शनी लगत्तै तीन दिने ‘क्यालिओप प्रस्तुति’को पनि उद्घाटन हुने बताए ।
उनले २६ देखि २८ मंसिर (१२ देखि १४ डिसेम्बर) सम्म क्यालिओप प्रस्तुति प्रदर्शनी अष्ट्रियाली दूतावास नयाँ दिल्लीसँगको सहकार्यमा अस्कर कलेजले आयोजना गरेको बताए ।
