उदितनारायण झाले कार्यक्रममा कति लिन्छन् पारिश्रमिक ?

उदित नारायणले बलिउडमा प्रस्तुति दिन एक कार्यक्रममा २२ देखि ३० लाख रुपैयाँसम्म लिने गरेका छन् भने उनका दर्जनौँ गीत सुपरहिट छन्।

मंसिर १९, २०८२

कान्तिपुर संवाददाता

How much does Udit Narayan Jha charge for the program?

काठमाडौँ — नेपालबाट सांगीतिक करिअर सुरु गरेका गायक उदित नारायण झा भारतमा स्थापित बने । ७० वर्षमा पनि उदितको सक्रियता कम छैन ।

केही दिनअघि उनले आफ्नो ७०औँ जन्मदिन मनाए । उदितले सांगीतिक करिअरमा थुप्रै अवार्ड र राष्ट्रिय पुरस्कार जिते ।

कार्यक्रमहरूमा देखिरहने उदितले एक पटकमा कति लिन्छन् ? बलिउड सञ्चारमाध्यमहरूमा उल्लेख भएअनुसार एक कार्यक्रममा प्रस्तुति दिन उनले २२ देखि ३० लाख रुपैयाँसम्म लिन्छन् ।

यद्यपि यो निश्चित रकम होइन । कार्यक्रमको स्वरुप अनुसार उनको शुल्क निर्धारण हुन्छन् । गीतका लागि उनी लाखौँ रुपैयाँ लिन्छन् ।

बलिउडमा सबैभन्दा महँगा पारिश्रमिक लिने गायकमध्ये एक मानिन्छन् उनी । बलिउड सञ्चारमाध्यममा उल्लेख भएअनुसार उनको नेटवर्थ करिब १५० करोड भारतीय रुपैयाँ रहेको अनुमान छ ।

उदित नारायणले ‘पापा कहते हैं’, ‘परदेसी’, ‘मेरा मन’, ‘मितवा’, ‘ओ रे छोरी’, ‘धड़क’, ‘चल साथ चल’, ‘धागे तोड लाऊँ’, ‘उड जा काले कावां’, ‘आए हो मेरी जिंदगी में’, ‘मेला दिलों का आता है’ र ‘ढोलना’जस्ता धेरै सुपरहिट गीत गाएका छन् ।

उनका नेपाली गीतहरू पनि दर्जनौँ लोकप्रिय छन् । 

कान्तिपुर

Link copied successfully