अजय देवगनले सन् २०२६ को इदमा ‘धमाल ४’ रिलिज गर्ने घोषणा गरेका छन् भने ‘दृश्यम ३’ र थप फिल्महरू पनि तयारीमा छन्।
काठमाडौँ — यो वर्ष बलिउड अभिनेता अजय देवगनका चार फिल्म रिलिज भए । ‘आजाद’, ‘दे दे प्यार दे २’, ‘सन अफ सरदार २’ र ‘रेड २’ । यिनमध्ये दुई फिल्म ‘हिट’ र दुई ‘फ्लप’ भए ।
अजय यतिबेला भने आगामी वर्षमा रिलिज हुने फिल्मका तयारीमा छन् । सन् २०२६मा उनको पहिलो फिल ‘धमाल ४’ रिलिज हुनेछ ।
अजयले फिल्मलाई इदमा रिलिज गर्ने बताएका छन् । यसबाहेक उनका थप २/३ वटा फिल्म पनि रिलिज हुने चर्चा छ ।
अजय देवगनको ‘दृश्यम ३’ पनि फिल्म वृत्तमा चर्चाको विषय छ । बलिउड सञ्चारमाध्यममा उल्लेख भएअनुसार सुरुमा मलायालम संस्करण मोहनलालको ‘दृश्यम ३’ रिलिज हुनेछ र त्यसपछि बलिउड संस्करण ।
अजयले जगन शक्तिको फिल्म ‘रेन्जर’ को काम पनि पूरा गरिसकेका छन् । १५ डिसेम्बरदेखि ‘दृश्यम ३’मा हुनेछन् ।
१५ डिसेम्बरदेखिसुटिङ मुम्बईमा हुनेछ ।
