तीन दशकपछि पोखरेल टेलिफिल्ममा फर्कंदै ‘नवयुग’मार्फत राजनीतिक विषयमा व्यंग्य प्रस्तुत भएको निर्माण पक्षको दाबी छ ।
काठमाडौँ — रंगकर्मी सुनिल पोखरेल र हास्य कलाकार सन्तोष पन्त टेलिशृंखला ‘नवयुग’मा देखिएका छन् ।
करिब ३ दशकपछि पोखरेल टेलिफिल्ममा देखिएका हुन् । हास्य कलाकार पन्त भने हास्य टेलिशृंखलाको सुरुवातकर्ता नै मानिन्छन् ।
चर्चित टेलिफिल्म ‘हिजो आजको कुरा’बाट पन्त स्थापित भएका थिए । ‘नवयुग’मा दुवैको उपस्थितिले कथालाई थप मजबुत बनाएको निर्माण पक्षको दाबी छ ।
यो टेलिफिल्मले राजनीतिकर्मीहरूलाई तिख्खर व्यंग्य गरेको निर्माण पक्षको दाबी छ ।
दीपक बस्नेतले लेखन तथा निर्देशन रहेको ‘नवयुग’ दिप क्रियटिभ युटुब च्यानलबाट गत मंसिर १६ गतेदेखि प्रदर्शनमा आएको हो ।
