रजनीकान्तको ‘जेलर २’मा शाहरुख खानको चर्चा 

बलिउडमा ‘जेलर’को सिक्वेल निर्माणको तयारीसँगै शाहरुख खानको सम्भावित उपस्थितिले फिल्मप्रेमीहरूमा उत्साह थपिएको छ, यद्यपि आधिकारिक पुष्टि भएको छैन।

मंसिर १७, २०८२

कान्तिपुर संवाददाता

Shah Rukh Khan in Rajinikanth's 'Jailer 2' in discussion

काठमाडौँ — दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर’ लोकप्रिय भयो । भारतीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार रजनीकान्तले कमल हासनसँग नयाँ फिल्म साइन गरेका छन् ।

सँगै ‘जेलर’को सिक्वेल ‘जेलर २’ पनि आउने चर्चा बलिउड फिल्म वृत्तमा छ । रोचक कुरा त यो फिल्ममा शाहरुख खानको पनि प्रवेश हुने चर्चा उत्तिकै छ ।

यस वर्ष रजनीकान्तको ‘कुली’मा आमिर खानले क्लाइमेक्समा केमियो गरेका थिए । अब ‘जेलर २’मा शाहरुखको प्रवेशलाई लिएर दुवैका प्रशंसकहरू उत्साहित छन् ।

यद्यपि हालसम्म आधिकारिक पुष्टि भइसकेको छैन । ‘जेलर’ सन् २०२३मा रिलिज भएको थियो । निर्देशक नेलसन दिलीपकुमारले सिक्वेलका लागि बलिउडका स्टारहरूसँग पनि सहकार्य गर्ने योजना बनाइरहेका छन् ।

‘कुली’मा पनि सुरुमा शाहरुखलाई केमियोका लागि अफर गरिएको चर्चा चलेको थियो । तर उनले अस्वीकार गरेको बताइएको थियो । 

शाहरुख भने अहिले आगामी फिल्म ‘किङ’मा काम गरिरहेका छन् । यो फिल्म अर्को वर्ष रिलिज हुनेछ ।

हालै उनको जन्मदिनका अवसरमा फिल्मको पहिलो लुक सार्वजनिक भएको थियो । फिल्ममा दीपिका पादुकोण, अभिषेक बच्चन, सुहाना खान, रानी मुखर्जी लगायत धेरै कलाकार देखिनेछन् ।

कान्तिपुर

Link copied successfully