‘मिननिङ गाउँ’ नेपाली डबिङमा कान्तिपुर टिभीमा प्रसारण हुँदै

चिनियाँ अवार्ड विजेता टेलिशृंखला ‘मिननिङ गाउँ’ अब हरेक बिहीबार, शुक्रबार र शनिबार राति ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ।

मंसिर १७, २०८२

कान्तिपुर संवाददाता

'Mining Village' is being broadcast on Kantipur TV in Nepali dubbing.

काठमाडौँ — चिनियाँ गरिबी निवारण विषयमा आधारित २२ भागको टेलिशृंखला ‘मिननिङ गाउँ’ को नेपाली डबिङ संस्करण कान्तिपुर टेलिभिजनमा प्रसारण हुने भएको छ ।

टेलिशृंखला हरेक बिहीबार, शुक्रबार र शनिबार राति ९ बजे नियमित रूपमा कान्तिपुर टेलिभिजनमा प्रसारण हुने भएको हो ।

चीनमा प्रसारणका बेला ठूलो दर्शक संख्या र प्रशंसा बटुलेको यो टेलिशृंखला दक्षिण एसिया नेटवर्क टिभीको चिनियाँ र नेपाली चलचित्र/टिभी च्यानलहरूमा पनि एकै पटक प्रसारण हुनेछ । 

यस टेलिशृंखलाले सिहाइकु क्षेत्रका जनताहरूले ‘सुख्खा समुद्रतट’लाई ‘सुनको समुद्रतट’मा परिणत गरेको कथा समेटेको छ ।

‘मिननिङ गाउँ’ शृङ्खला अंग्रेजीलगायत अन्य विभिन्न भाषाहरूमा डबिङ भई विभिन्न देशमा प्रसारण भइसकेको छ।

यस टेलिशृंखलाले २७औं शंघाई टेलिभिजन महोत्सवको म्याग्नोलिया अवार्ड (उत्कृष्ट चिनियाँ टेलिभिजन शृङ्खला), ३३ औं चिनियाँ टेलिभिजन फ्लाइङ्ग अप्सरा अवार्ड (उत्कृष्ट टेलिभिजन शृङ्खला), ३१ औं चिनियाँ टेलिभिजन गोल्डन इगल अवार्ड (उत्कृष्ट टेलिभिजन शृङ्खला) लगायत विभिन्न पुरस्कार जितेको छ । 

२३ जुन २०२३ मा, यसले २८ औं सांघाई टेलिभिजन महोत्सवको म्याग्नोलिया अवार्ड (अन्तर्राष्ट्रिय प्रसारण) प्राप्त गरेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully