फिल्म माघ ९ देखि प्रदर्शनमा आउँदैछ ।
काठमाडौँ — फिल्म 'परिवर्तन'को पोस्टर सार्वजनिक भएको छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण पक्षले कलाकारको चरित्र झल्किने पोस्टर सार्वजनिक गरेको हो ।
पोस्टरमा फिल्मका मुख्य कलाकार अभिनेता सुशील श्रेष्ठ र अञ्जना बराईलीले विशेष स्थान पाएका छन् । अन्य कलाकारमा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेकै पनि चरित्र चित्रण हुने तस्विर पोस्टरमा समावेश छ ।
माघ ९ देखि प्रदर्शनमा आउने यो फिल्मलाई विजय केरुङले निर्देशन गरेका हुन् । शिवम अधिकारीले फिल्मको कथा लेखेका हुन् ।
शिव ढकालले खिचेको यो फिल्मको सम्पादन बन्दे प्रसादले गरेका छन् । फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत र श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ । निर्माण पक्ष फिल्मको ट्रेलर सार्वजनिक गर्ने तयारीमा छ ।
