८५ करोड बजेटमा बनेको फिल्मले पहिलो दिन १६, दोस्रो दिन १७ र तेस्रो दिन १८ करोड व्यापार गर्दै विश्वव्यापी रूपमा ६३ करोडभन्दा बढी कमाइ गरेको छ।
काठमाडौँ — धनुष स्टारर फिल्म ‘तेरे इश्क में’ ले रिलिजको तीन दिनमा राम्रो कमाइ गरिरहेको छ ।
फिल्मले तीन दिनमै भारतमा मात्र ५१ करोडभन्दा माथिको व्यापार गरेको बलिउड सञ्चारमाध्यमले उल्लेख गरेका छन् । फिल्मले पहिलो दिनमै १६ करोडको व्यापार गरेको थियो ।
दोस्रो दिनमा १७ र तेस्रो दिनमा १८ करोडको व्यापार गर्यो । विश्वव्यापी रुपमा भने फिल्मको कमाइ ६३ करोड रुपैयाँभन्दा माथि छ । फिल्म ८५ करोड बजेटमा बनेको हो ।
फिल्ममा धनुष शंकरको भूमिकामा छन् भने कृति सेनन मुक्तिको भूमिकामा छिन् । फिल्मलाई आनन्द एल रायले निर्देशन गरेका छन् ।
