टिजरमा फिल्मका मुख्य कलाकार अभिनेत्री अन्ना शर्मा, धिरज मगर, समिर र विनय श्रेष्ठ देखिन्छन् ।
काठमाडौँ — केही दिनअघि मात्रै पोस्टर सार्वजनिक गरिएको फिल्म 'रमिताको पिरती'को टिजर बजारमा आएको छ । युवा गायक समिर श्रेष्ठको डेब्यु अभिनय रहने यो फिल्मको निर्माण पक्षले फिल्म प्रचार सामग्रीका रुपमा फिल्मको टिजर सार्वजनिक गरेको हो ।
टिजरमा फिल्मका मुख्य कलाकार अभिनेत्री अन्ना शर्मा, धिरज मगर, समिर र विनय श्रेष्ठ देखिन्छन् । लोकप्रिय गायक समिर श्रेष्ठले यसै फिल्मबाट आफ्नो अभिनय यात्रा सुरु गर्दै मुख्य भूमिकामा देखिएका छन् ।
टिजरमा एक युवतीको प्रेम, सम्बन्ध र त्यसले उनको जीवनमा ल्याउने उतारचढाव देखाइएको छ ।
निर्माण पक्षले फिल्मलाई प्रेम दिवस लक्षित गर्दै माघ २३ मा प्रदर्शनमा ल्याउँदैछ ।
फिल्मलाई सुदीप्ताले निर्देशन गरेकी हुन् । उनी फिल्म अध्ययन गरेर निर्देशनमा होमिएकी हुन् ।
