प्रियंका कार्की, आर्यन सिग्देल, कविता नेपालीलगायतले अभिनय गरेको सरोज ओलीको नयाँ गीतमा भारतीय गायिका भूमि त्रिदेवीको स्वर सुन्न पाइनेछ ।
काठमाडौँ — हालै फिल्म निर्माणमा लागेका गायक सरोज ओली नयाँ गीतसहित बजारमा आएका छन् । करिब वर्षपछि उनले 'तिम्रा माताजीलाई नमस्ते'बोलको रमाइलो शैलीको गीत बजारमा ल्याएका हुन् ।
गीतको भिडियोमा प्रियंका कार्की, आर्यन सिग्देल, कविता नेपाली, प्रेमा लाम्गादे लगायतको अभिनय देखिन्छ । सरोज ओलीको शब्द र दीपक शर्माको संगीत रहेको गीतमा भारतीय गायिका भूमि त्रिदेवीले गायनमा ओलीलाई साथ दिएकी छन् । किरण थापाको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोलाई पवन सुस्लिङ्गले खिचेका हुन् । उनैले गीतको सम्पादन गरेका हुन् ।
'माछीले खाने खोलीको लेउ', 'जताजता पिरतीको बाटो', 'ए है माया', 'माया गरौंला' लगायतका चर्चित गीतमा आवाज दिइसकेका गायक ओलीले हालै 'हरिबहादुर जुत्ता'शीर्षकको फिल्म निर्माण गरेका छन् ।
