खगेन्द्र लामिछाने, वर्षा राउत, नीर शाह, सन्तोष पन्तलगायत चर्चित कलाकारले अभिनय गरेको यो फिल्म अष्टलक्ष्मी प्रोडक्सन्स र ई-प्राइम मुभिजको ब्यानरमा निर्माण भएको हो ।
काठमाडौँ — फिल्म 'हर्ष' आजदेखि प्रदर्शनमा आएको छ । देशभरमा करिब सय सोमा अहिले यो फिल्म प्रदर्शनरत छ । पारिवारिक कथामा तयार फिल्मको हालै काठमाडौंमा प्रिमियर गरिएको थियो ।
एकता पौडेल निर्देशित यो फिल्ममा खगेन्द्र लामिछाने र वर्षा राउतसहित नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ ।
आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत रहेको यो फिल्ममा लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी छ ।
अष्टलक्ष्मी प्रोडक्सन्स र ई-प्राइम मुभिजको ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक पौडेलले लेखेकी हुन् ।
