'हर्ष'को प्रिमियर सम्पन्न

फिल्म मंसिर १२ देखि प्रदर्शनमा आउँदैछ ।

मंसिर ११, २०८२

कान्तिपुर संवाददाता

The premiere of 'Harsh' has concluded.

काठमाडौँ — फिल्म 'हर्ष'ले प्रिमियर सोबाट सकारात्मक प्रतिक्रिया बटुलेको छ । बुधबार ललितपुरस्थित लबिम मलको क्यूएफएक्समा फिल्मकर्मी, कलाकार र रंग पत्रकारबीच फिल्मको प्रिमियर आयोजना गरिएको थियो । 

मंसिर १२ देखि प्रदर्शनमा आउने ‘हर्ष’लाई एकता पौडेलले निर्देशन गरेकी हुन् । फिल्म हर्न पुगेकी निरुता सिंहले 'हर्ष'को निकै तारिफ गरिन् । कलाकार संजोग कोइरालाले फिल्मको विषयवस्तु पारिवारिक रहेकाले सबैलाई हेर्न आग्रह  गरे ।

फिल्ममा खगेन्द्र लामिछाने र वर्षा राउतलगायत कलाकारहरु निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ ।

आलोक शुक्लाले खिचेको यो फिल्ममा लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी छ । अष्टलक्ष्मी प्रोडक्सन्स र ई-प्राइम मुभिजको ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक पौडेल आफैले लेखेकी हुन् ।

कान्तिपुर संवाददाता

Link copied successfully