बलिउडका सबैभन्दा लामा फिल्म

बलिउडका यी सुपरहिट फिल्महरू चार घन्टासम्मको लम्बाइसँगै विशाल कलाकार र ऐतिहासिक कथाले दर्शकको मन जित्न सफल भएका छन्।

मंसिर ११, २०८२

कान्तिपुर संवाददाता

The longest Bollywood film

काठमाडौँ — बलिउडका केही फिल्महरू यति लामा छन् जसले इतिहासकै सबैभन्दा लामो रनटाइम भएको रेकर्ड बनाएका छन् ।

सन् २००३ मा रिलिज भएको जे.पी. दत्ताको ‘एलओसी कारगिल’ ४ घन्टा १५ मिनेटको अवधिको छ । यो  नै हिन्दीमा सबैभन्दा लामो फिल्म मानिन्छ । जसमा  ३६ अभिनेता र १० जना अभिनेत्रीले अभिनय गरेका थिए। 

दोस्रो नम्बरमा भने राज कपूर र सिमी गरेवालको ‘मेरा नाम जोकर’ पर्दछ ।  जसको रनटाइम ४ घन्टा ४ मिनेट छ । कपूरकै ‘संगम’ ३ घन्टा ५८ मिनेट लामो छ ।  यो फिल्म तीन मित्रहरूको प्रेम र सम्बन्धबारे छ ।

आमिर खानको ‘लगान’ पनि यस सूचीमा पर्दछ । यो फिल्मको अवधि ३ घन्टा ४४ मिनेट छ । फिल्ममा क्रिकेटसँगै देशभक्तिको कथा छ ।

सञ्जय दत्त र गोविन्दा अभिनित ‘खतरनाक’ ३ घन्टा ४३ मिनेट लामो छ । ‘मोहब्बतें’ र ‘सलाम–ए–इश्क’ दुवै ३ घन्टा ३६ मिनेटको रनटाइमसहित लामो फिल्महरूको सूचीमा पर्छन् ।

अन्त्यमा ऋतिक रोशन र ऐश्वर्या रायको ऐतिहासिक प्रेमकथा ‘जोधा अकबर’ ३ घन्टा ३३ मिनेट लामो छ । त्यसयताका हिन्दी फिल्महरू यति लामो समयका बनेका छैनन् ।

कान्तिपुर

Link copied successfully