सलमानको फिल्ममा अनुप

अभिनेता अनुपविक्रम शाहीले इन्स्टाग्राममार्फत सलमान खानसँग 'ब्याटल अफ गलवान' फिल्ममा अभिनय गरेको विवरण सार्वजनिक गर्दै सलमानको प्रशंसा गरेका छन्।

मंसिर १०, २०८२

कान्तिपुर संवाददाता

Anupam in Salman's film

काठमाडौँ — अभिनेता अनुप विक्रम शाहीले आफूले बलिउड हस्ती सलमान खानसँग काम गरेको कुरा पुष्टि गरेका छन् । यसअघि सलमानसँग फिल्म खेल्दै भन्ने समाचार आए पनि अनुपले यसबारे केही बोलेका थिएनन् ।

तर, अहिले भने अभिनेता शाहीले सामाजिक सञ्जाल इन्स्टाग्राममा सलमानसँगको तस्बिर सार्वजनिक गर्दै आफूले 'ब्याटल अफ गलवान'मा अभिनय गरेको जानकारी गराएका छन् । 

यो फिल्ममा काम गर्दा सलमानको प्रतिभा मात्रै नभई दयालु हृदयको साक्षी बन्न पाएको अनुपले इन्स्टाग्राममा उल्लेख गरेका छन् । 'ब्याटल अफ गलवानको र्‍यापअप भयो । उहाँलाई हेर्दै हुर्कें अहिले उहाँसँगै काम गर्न पाएँ । एउटा यस्तो लिजेन्डसँग जसको हृदय साँच्चै दयालु छ,'अनुपले लेखेका छन्,'जीवनको यो अविस्मरणीय अध्यायका लागि म निकै कृतज्ञ छु । उहाँको प्रतिभा मात्रै होइन हृदयको साक्षी बन्न पाएँ ।' 

अनुप विक्रम शाहीले पछिल्लो समय फिल्म 'जार'बाट आफ्नो अभिनयको तारिफ बटुलेका थिए । 

कान्तिपुर

Link copied successfully