‘शोले’को फोर के भर्सन स्थगन

टोरोन्टो महोत्सवमासमेत देखाइएको सन् १९७५ को चर्चित फिल्म प्राविधिक समस्या आएपछि निर्धारित समयमै देखाउन नसकिने भएको हो ।

मंसिर १०, २०८२

कान्तिपुर संवाददाता

4K version of 'Sholay' postponed

काठमाडौँ — धर्मेन्द्र र अमिताभको चर्चित फिल्म 'शोले'को फोर के भर्सन अब भारतको अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा नदेखाइने भएको छ । प्राविधिक समस्या देखिएपछि महोत्सवको अन्तिम दिन प्रदर्शन गर्ने भनिएको फिल्मको यो भर्सन स्थगन भएको हो । 

महोत्सवको ५६ औं संस्करणमा फिल्म देखाइने योजना थियो । तर, यही समयमा धर्मेन्द्रका फ्यानले उनीहरुका 'भीरु' गुमाए । त्यसयता देखाइने भनिएको फिल्म पनि प्राविधिक समस्याले स्थगन भएको हो ।

सन् १९७५ को यो आईकोनिक फिल्म हालै टोरोन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सवमासमेत देखाइएको थियो । महोत्सवमा छोरा बबी देवलको हात समाउँदै धर्मेन्द्र पनि सहभागी थिए ।

यो फिल्म फोर के भर्सन मात्रै नभई निर्देशक रमेश सिप्पीले अन्तिममा जोडेको 'ओरिजिनल इन्डिङ'का कारण पनि दर्शकबीच प्रतीक्षित थियो । 

कान्तिपुर

Link copied successfully