कान्तिपुर थिएटरमा ‘महारानीको जात्रा’

नाटक मंसिर २० सम्म मञ्चन हुनेछ ।

मंसिर ९, २०८२

कान्तिपुर संवाददाता

'Maharani's procession' at Kantipur Theater

काठमाडौँ — कान्तिपुर थिएटरमा 'महारानीको जात्रा' मञ्चनरत छ । कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुतिमा तयार यो नाटक कात्तिक २४ देखि मञ्चनमा आएको हो । दिपल बरालको निर्देशनमा बनेको यो नाटकलाई रमेश पुरीले निर्माण गरेका हुन् । 

यो नाटकलाई थुप्रै चर्चित कलाकारले हेरिसकेका छन् । हालै, अभिनेत्री रेखा थापा पनि नाटक हेर्न त्यहाँ पुगेकी थिइन् । रेखाले कान्तिपुरको त्यही मञ्चबाट थिएटरमा डेब्यु गरेकी हुन् । 

'महारानीको जात्रा'मा अभिनेत्री उषा रजकसँगै कलाकारहरु राज न्यौपाने, सुहाना आचार्य, दीपेश गजुरेल, श्रीधर गौतम, निकिता आचार्य, विमल यादव, बिरान दहनी, विकल्प ओली, विशाल कार्की, ज्योति लामा, समीर शर्मा, प्रयास खत्री, मनोज तामाङ, कुशल बाँस्कोटा, गोविन पौडेल र श्वेता चौलागाईंको अभिनय छ ।

यो नाटक मंसिर २० सम्म मञ्चन हुनेछ । नाटकले समसामयिक विषयवस्तु समेटेको छ ।

कान्तिपुर

Link copied successfully